नियम २३
भार तथा प्रतिबन्ध सम्बन्धमा सूचना दिनु पर्ने

(१) यस नियमावली बमोजिम दर्ता भएको वादर्ता गर्नको लागि प्रस्तुत गरिएको पानी जहाजलाई बन्धकीमा दिइएको वा त्यस्तै अन्य कुनै
प्रकारको लिखतद्वारा पानी जहाज धनीको हक दावी सीमित गर्ने गरी राखिएकोमा वा ऐनको दफा २ को उप–दफा (१) मा उल्लेखित हक प्रदान गर्ने वा कायम गर्ने वा प्रतिबन्ध लगाउने गरीदिइएकोमा पानी जहाज दर्ता गर्नको लागि दिने दरखास्त साथै वा त्यस्तो कुरा भए गरेको ३०दिनभित्र कार्यालयमा सूचना दिनुपर्छ ।
(२) उप–नियम (१) मा उल्लेखित भार वा प्रतिबन्ध लिखित रूपमा तयार गरिएको त्यस्त लिखितमा भार वा प्रतिबन्धको मूल्याङ्कन अङ्क समेत उल्लेख भएको हुनुपर्छ । त्यस्तो सूचनाकोसाथमा सो लिखतको प्रमाणित प्रतिलिपि समेत प्रस्तुत गर्नु पर्नेछ ।
(३) यस नियम अनुसार प्राप्त भएका सूचनाहरूलाई रजिष्ट्रारले पानी जहाजको दर्ता किताबको भार तथा प्रतिबन्ध सम्बन्धी पानामा मिति र समयको क्रमअनुसार जनाई राख्नेछ ।

त्यस्तो भार वा प्रतिबन्धहरू मध्ये एकै समान कुरामा आपस्तमा अग्राधिकारको प्रश्न उठेमा सोहीपानामा जनिएको मिति र समयको करम अनुसार कायम गरिनेछ ।
तर त्यस्तो भार वा प्रतिबन्धको दायित्वको हद सम्बन्धित लिखतमा लेखिएको अङ्कभन्दा बढी हुनेछैन ।
(४) यस नियम अनुसार दर्ता भएको कुनै पानी जहाज बन्धकी वा करारद्वारा कुनै प्रयोजनको लागि लिइएकोमा त्यस्तो बन्धकी वा करारमा लिने व्यक्तिलाई सो पानी जहाज उपरको
स्वामित्व सम्बन्धी कुनै हक प्राप्त हुनेछैन र निजलाई सो पानी जहाज बिक्रि गर्ने वा रजिष्ट्रारको स्वीकृति भएमा बाहेक अन्य कुनै प्रकारबाट हस्तान्तरण गर्ने अधिकार हुनेछैन ।
(५) कुनै पानी जहाजको सम्बन्धमा यस नियमअनुसार दर्ता किताबको सम्बन्धित पानामा जनिएको कुनै भार वा प्रतिबन्ध समाप्त भएपछि सो कुराको सूचना यथाशीघ्र कार्यालयलाई
र त्यस्तो सूचना प्राप्त भएपछि रजिष्ट्रारले सोही कुरा दर्ता किताबको सम्बन्धित पानामा जनाउनेछ ।